चितवन, रत्ननगरको टिकौलीमा जारी प्रथम रत्न प्रिय कप नकआउट फुटबल प्रतियोगिता रोमान्चक बन्दै गएको छ l बुधबार भएको खेलमा झुवानी फुटबल क्लव लाई ४–० गोलले पराजित गर्दै आयोजक रत्न प्रिय फुटबल क्लव विजयी भएको हो ।
खेलको ६ औं मिनेटमा सलिल ढकालले गोल गर्दै रत्न प्रिय फुटबल क्लवलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ३२ औं मिनेटमा सुरेश कुमालले गोल गर्दै रत्न प्रिय फुटबल क्लवलाई २-० को अग्रता दिलाए ।
त्यस्पपछि खेलको दोस्रो हाफको २१ र ३५ औं मिनेटमा सुजन श्रेष्ठ र समिर सिमलले क्रमश गोल गर्दै रत्न प्रिय फुटबल क्लवलाई ४ – ० को को जित दिलाए ।
आजको खेलमा रत्न प्रिय फुटबल क्लवका सलिल ढकाल म्यान अफदि म्याच घोषित भएकाछन् l
भोली (शुक्रवार) सौराहा फुटबल क्लव र युनिक युथ क्लव भरतपुर बिच प्रतिशप्रर्धा हुने क्लवका अध्यक्ष बसन्त राना मगरले जानकारी दिए ।
“स्वास्थ्को लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ रत्ननगर- ९ मा रहेको रत्नप्रिय क्लवको आयोजनामा यही मंसिर १२ गतेदेखि सुरु भएको प्रतियोगिता यही मंसिर २५ गतेसम्म सञ्चालन हुनेछ ।
प्रथम हुने समुहले १ लाख १ हजार ११ रुपैँया, द्धितिय हुने समुहले ५५ हजार ५ सय ५५ रुपैँया पुरस्कार साथै शिल्ड, कप, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । रासस