चितवन – कृषि तथा वन बिज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थी संगठनहरुले ताला लगाएका छन् । विश्वविद्यालयको स्नातक तहमा विद्यार्थी आवेदन परिक्षामा बेथिती निम्त्याएको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् ।
विश्वविद्यालयको डिनको कार्यालय, कर्मचारी प्रशासन र लेखा शाखामा ताला लगाईएको छ ।यस्तै पदाधिकारीहरु चड्ने गाडीमा समेत साङ्लोले तालाबन्दी गरिएको अखिल केन्द्रिय क्याम्पस कमिटी अध्यक्ष बिक्रम खनालले जानाकारी दिए ।
सोमबार भरतपुरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुले प्रवेश परिक्षामा भएको अनिमियतता बारे जानकारी गराएका हुन् । कार्यक्रममा अखिल केन्द्रिय क्याम्पस कमिटी अध्यक्ष बिक्रम खनाल, नेविसंघ केन्द्रिय क्याम्पस कमिटी सभापती मिराज पौडेल र अखिल क्रान्तिकारी केन्द्रिय क्याम्पस कमिटी अध्यक्ष लेगान्स घिमिरे लगायतको उपस्थिति थियो ।