भरतपुर ।‘पिएफसि इमर्जिङ्ग कप—२०७९’फुटबलको उद्घाटन खेलमा ब्राइटस्टार आवसिय मावि पटिहानीले विजयी सुरुवात गरेको छ ।पटिहानी फुटबल क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा ब्राइटस्टारले श्री माध्यमिक विद्यालय गंगानगरलाई ४—० को फराकिलो अन्तरले पराजित गरेको हो ।
शुक्रबार भरतपुर १४ को सुन्दरवस्ती खेलमैदानमाभएको खेलमा ब्राइटस्टारको जितमाचारै गोल प्रान्जल पाण्डेले गरे
‘प्रतियोगितामा शनिवार डन एकेडेमी र श्री माध्यामिक विद्यालय ईन्द्रपुरी, बाल्मिकी शिक्षा सदन र एकता शिशु स्कुल, चर्तुमुखी माध्यामिक विद्यालय र सिर्जना स्कुल, ब्लू बर्ड आवासीय मावि र माडी मावि प्रतिस्पर्धा गर्दैछन् । शिक्षा संगै खेलकुद’भन्ने नाराका साथ सुरु भएको प्रतियोगितामा चितवनका ३२ माध्यामिक विद्यालयहरु सहभागी छन् ।
क्लबका सचिव सुमन पौडेलका अनुसार प्रतियोगिताको विजेताले ४० हजार तथा उपविजेताले २५ हजार नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन् । सेमिफाईनलमा पुग्ने दुई टिमलाई नगद ५÷५ हजार सहित अनुशासित, सर्वोष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर,मिड फिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्तालाई पनि नगद सहितको पुरस्कारको व्यवस्था गरिएको छ ।
२४ गते सम्म संचालन हुने प्रतियोगिताले जिल्लामा भएका नयाँ खेलाडीहरुको पहिचान गर्ने र शिक्षासँग खेलकुद जोड्न प्रेरणा दिनुनै मुख्य उद्धेश्य भएको क्लबका अध्यक्ष पोष्टराज तिमिल्सिनाले बताए । स्थापना देखिनै यस क्लबले फुटबलमा नयाँ खेलाडी उत्पादनको लागि तालिम सँगै विभिन्न गतिविधि गर्दै आएको छ ।