चितवन । नेपाली कांग्रेस चितवनका पूर्व सभापति विकास कोइरालाले चितवन कांंँग्रेसका नेतृत्व प्रति कटाक्ष गरेका छन । उनले चितवनको कांँग्रेस नेतृत्वले पार्टी ध्वस्त पारेको भन्दै गठबन्धन चुनाव अभियानमा लाग्न जिम्मेवारी तोकिनु पर्ने बताए । केही दिन चितवनको गठबन्धनको आम शभामा गठबन्धनलाई जिताए कारवाही फुकुवा हुने बिषयमा लक्षित गर्दै भने, ‘मलाई जिम्मेवारी तोक्नु पर्यो । निश्चिित हुनु पर्यो तब न म लाग्न सुहाउंँछ ।’ उनले भने । आज उनले नारायणगढमा पत्रकार सम्मेलन गर्दै जिल्ला नेतृत्वले जे गरेपनि आफू गठबन्धनको पक्षमा रहेको बताए ।
उनले जिल्लाको नेतृत्व कमजोर हुंँदा कांँग्रेस छिन्न भिन्न भएको आरोप समेत लगाए । कांंँग्रेसको असन्तुष्टी पक्षलाई आफूले सम्हाल्न सक्ने भन्दै उनले भने, ‘अरुले आची गर्दै हिड्ने म चाहिंँ सोहोर्दै हिड्ने?’
उनले आफू गठबन्धनलाई जिताउन लाग्ने या नलाग्ने भन्ने बिषयमा खुलेर बोलेनन ।