भरतपुर ।प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार डा. भाेजराज अधिकारीले एक वडा एक विशेष कार्यक्रम ल्याउने बताएका छन् ।सबै नागरिकलाई सहभागी गराउने गरि वडागत विशेषता अनुसारका याेजना बनाउने उनलेे बताए । भरतपुर १५ मा भएको चुनावी काेणसभालाई सम्बाेधन गर्दै डा. भाेजराजले जेष्ठ नागरिकका लागि प्रत्येक वडामा अावास केन्द्र निर्माण गर्ने बताए ।
महिला, युवा र बालबालिकालाई समेट्दैं महिला उधमशिलता, युवा राेजगारी सिर्जना गर्ने र एक नमुना खेलमैदान बनाउने उनलेे उल्लेख गरे । बालबालिकालाई प्रत्येक वडामा बाल उधान र शिशु सिकाई केन्द्र बनाउने उनको याेजना छ । एक वडामा एक स्वास्थ केन्द्र र नमुना विधालय रहने गरि निति निर्माण गर्ने उनलेे बताए । समतामूलक समाज निर्माणसँगै एक वडा- एक बहुउद्देश्यीय दलित सामुदायिक भवन बनाउने उनको प्रतिबद्धता छ ।
चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा २८ वटा वडा छन् । भरतपुरका १९ र माडीका सबै ९ वटा वडा छन् ।त्यस अन्तर्गत ३(१) प्रदेशसभामा भरतपुरका १२ वटा वडा पर्छ भने ३(२) मा भरतपुरका ७ र माडीका सबै वडा समावेश छन् । लाेकतान्त्रिक-बाम गठबन्धन अन्तर्गत प्रतिनिधिसभा चितवन ३ मा नेकपा माओवादी केन्द्रबाट डा. भाेजराज अधिकारी, प्रदेशसभा ३(१) मा नेपाली कांग्रेसबाट कृषि विज्ञ प्राडा सुर्यकान्त घिमिरे र ३(२) मा नेकपा माओवादी केन्द्रबाट ठाकुर प्रसाद ढकाल चुनावी मैदानमा छन् ।