चितवन । चितवन क्षेत्र नं.३ का स्वतन्त्र उम्मेद्वार जगन्नाथ पौडेलले आफु सधै गठबन्धनको बिरोधि रहेको बताएका छन् । मतदाता भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । गठबन्धनले दलिय ब्यबस्था र लोकतान्त्रीक पद्धति कमजोर बनाएको आरोप समेत लगाए । निरन्तर मतदाता संग भेटघाट गर्दै उनले संगठन सुधारका बिषयमा संबाद गरिरहेका छन् ।
चितवन क्षेत्र नं.३ का मतदाताहरु समक्ष बोल्दै उनले गठबन्धन नाताबादको लागी र ठुला नेताका आफन्त र छोराछारीका लागी टिकट दिने औजार जस्तै भएको र गठबन्धनको आफ्नो एजेण्डा नहुनु बिचारको मिलन नहुनु , खाली अबसरबादको पछाडि र सत्ता हत्याउनैको लागी मिल्ने र जनतालाई प्रयोग मात्रै गर्ने गरेको गरेको आरोप छ । उनले भने “गठबन्धनको गुण र दोस नाप्ने यन्त्र छैन , खाली आफ्नालाई सत्तामा लैजाने औजार बनेको छ , त्यसैले मतदाताले बुझ्न जरुरी छ” ।
नेपाली काँग्रेसबाट बिद्रोह गरेर निस्केका पौडेल गत स्थानिय तहको निर्वाचनामा भुँईकटहर समूहबाट चर्चा पाएपछि उनि प्रतिनिधि सभा सदस्यमा पनि उम्मेद्वार बनेका हुन् । उनि संगै नेपाली कांग्रेसबाट दिनेश कोईराला पनि बागी उम्मेद्वार बनेपछि चितवन ३ मा रोचक भिडन्त हुने भएको छ । दिनेश कोईराला लाई नेकपा एमालेले सहयोग गरेको छ भने माओवादी बाट उम्मेदवार बनेका डा.भोजराज अधिकारीलाई नेपाली काँग्रेसले समर्थन गरेको छ ।
यद्यपि बिपी काँग्रेसको समर्थन रहेको पौडेललाई असन्तुष्ट माओवादी र एमाले खेमाका नेताहरुले पनि समर्थन गर्ने भएपछि चितवन ३ को राजनितिक समिकरण बदलिएको छ ।