माडी । कार्तिक ।प्रतिनिधि सभातर्फ चितवन क्षेत्र नं. ३ का स्वतन्त्र उम्मेदवार बासुदेव सापकोटाले डा. भोजराज अधिकारीलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निश्क्रिय बनाउनुभएको छ ।
सापकोटाले समयको माग र परिस्थिति तथा जनताको चाहनालाई मध्यनजर गरेको भन्दै लोकतान्त्रिक बामगठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहनुभएका चितवनका स्थापित बरिष्ठ फिजिसियन डा.भोजराज अधिकारीलाई समर्थन गरी आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गर्नुभएको हो ।
उम्मेदवारी निश्क्रिय पारेसंगै सापकोटाले आफ्ना शुभचिन्तक एवं मतदाताहरुलाई डा. अधिकारीलाई विजयी गराउन अनुरोध पनि गर्नुभएको छ । माडी-४, खैरहनी निवासी युवा स्वास्थ्यकर्मी सापकोटा सिरिन्ज चिन्हमा स्वतन्त्र उम्मेदवार रहनुभएको थियो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु