भरतपुर ।मंसिर ४ काे निर्वाचन संघारमा छ । प्रतिनिधि सभा र प्रदेशसभाका उम्मेदवारहरूले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । यसै सन्दर्भमा लाेकतान्त्रिक-बाम गठबन्धनका उम्मेदवार पश्चिम चितवनको भरतपुर १७ गुञ्जानगर क्षेत्रमा पुगेका छन् । त्यस क्रममा स्थानीयहरूले केही अाफ्ना अावश्यकता र मागहरू राखे । नारायणी तटबन्धदेखि वन्यजन्तुले खेती खाएको सम्म उनीहरूका गुनासो थियो ।
गाेब्रेनीका स्थानीय सितामान तामाङ्गले भने,”बदेलले खेती खायो, गैडा, चित्रीले पनि हैरान बनायो, तार लगाउनपर्छ, डा. सावले पहल गर्नुहाेला” नारायणी तटबन्धलाई कार्यान्वयन गर्न गाेब्रेनीबासीकाे माग छ । घरदैलोका क्रममा भुवनवस्तीका स्थानीयले सबैका लागि समतामूलक याेजना निर्माण गर्न सुझाव दिए ।
स्थानीय ज्याेती रानाले सडक र ढल पुर्वाधारलाई पनि प्राथमिकतामा राख्न अाग्रह गरिन् । चितवनको विकास र समृद्धिका लागि गठबन्धनलाई निर्वाचित गर्ने उनलेे बताईन् । “गुनासो अाफ्नै मान्छेलाई गर्ने हाे, ज्याेतीले भनिन्, “जनतालाई अलि ध्यान दिन पर्याे” । स्थानीय सहकारीका अध्यक्ष प्रकाश खड्काले गठबन्धनका उम्मेदवारलाई समर्थन जनाउदैं स्पष्ट सहकारी निति बनाउन माग गरे ।”सहकारीलाई सहज मल वितरणको व्यवस्था गर्ने नियम बनाउन मेरो अनुरोध छ” अध्यक्ष खड्काले भरतपुर महानगरले जनतालाई दिएको सहयोग सर्हानिय छ, प्रदेश र केन्द्र सरकारकाे पुर्ण सहयोग हाेस्”
चुनावी सभालाई सम्बाेधन गर्दै लाेकतान्त्रिक-बाम गठबन्धनका उम्मेदवार डा. भाेजराज अधिकारीले जनता अावशयकता अनुसारकै काम गर्ने बताए । नारायणी तटबन्ध टेन्डर भईसकेकाे उल्लेख गर्दै उनलेे अाफ्नै कार्यकालमा तटबन्ध निर्माण सम्पन्न गरिने बताए । यस्तै चितवन क्षेत्र ३(१) का प्रदेश सदस्य उम्मेदवार डा. सुर्यकान्त घिमिरेले यहाँका याेजनालाई प्राथमकिकरणका अाधारमा कार्यक्रम अघि बढाईने बताए । गठबन्धनकै पहलमा नारायणी तटबन्ध अघि बढेकाले यसलाई पुर्णता दिन पनि गठबन्धन सरकार अावश्यक रहेको डा. सुर्यकान्तले बताए ।