भरतपुर ।डा. भाेजराज अधिकारीले जनताको मनस्थिति अाफुहरूका लागि सकारात्मक रहेको बताएका छन् । अाफुहरूले गर्न सक्ने याेजना मात्रै ल्याएकाे उनलेे बताए । भरतपुर २५ लाई महानगरपालिकाकाे मुल प्रवाहमा समावेश गर्ने उनकाे प्रतिबद्धता छ । सबै क्षेत्रका समुदायका लागि समतामूलक निति निर्माण गर्न पहल गर्ने डा. भाेजराजले बताए । जनताको घरमै अस्पताल ल्याउने कार्यक्रम ल्याउने उनलेे बताए ।
सबैको सुरक्षाका लागि सामाजिक सुरक्षा निति ल्याउने उनको भनाइ छ । बैज्ञानिक विकास रणनीति अपनाउने, गुनासो रहित कार्य गर्न जनताको घरदैलोमा अाएकाे उनलेे बताए ।प्राप्त राजनीतिक उपलब्धिको रक्षाका लागि लाेकतान्त्रिक- बाम गठबन्धनका उम्मेदवारलाई निर्वाचित गर्न ठाकुर ढकालले अाग्रह गरेका छन् । अहिले स्थानीय सरकार पनि गठबन्धनकै भएकोले प्रदेश र संघमा समेत गठबन्धनकाे उपस्थिति हुनुपर्नेमा उनको जाेड थियो ।
माडी नगरपालिकाका निवर्तमान मेयर समेत रहेका प्रदेशसभा ३(२) गठबन्धनका उम्मेदवार ढकालले विकास निर्माण गर्न अाफुहरूलाई मतदान गर्न उनलेे अाग्रह गरे । “माडीमा मैले जसरी विकासका काम गरे”, उनलेे भने, “यहाँको विकास गर्ने मेरो चाहाना छ” । अाफु भन्दा याेग्य उम्मेदवार भए उनैलाई मतदान गर्न ढकालको अनुरोध छ ।