चितवन । लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट चितवन क्षेत्र नम्बर २ को साझा उम्मेदवार नेपाल सरकारका राज्यमन्त्री उमेश श्रेष्ठले कालिका नगरपालिकामा हरित औद्योगिक क्षेत्र बनाएर उत्पादन र रोजगारी बृद्धि गर्ने आफ्नो योजना रहेको बताउनु भएको छ ् ।
आइतबार चुनावी घरदैलो कार्यक्रम अन्तर्गत कालिका नगरपालिका वडा नम्बर १, २, ४ र ५ मा मतदाताहरुसँगको कुराकानीका क्रममा श्रेष्ठले हरियालीपूर्ण औद्योगिक क्षेत्रको विकास गरी एकातिर बेरोजगारीको अन्त्य र उद्योगको विकास गर्दै पर्यटन प्रवद्र्धन गरी आयआर्जन समेत गर्न सकिने उहांँले बताउनु भयो । ‘यो क्षेत्रलाई हरित औद्योगिक क्षेत्र बनाएर उत्पादन तथा रोजगारीमा बृद्धि गर्नेछु ।’ श्रेष्ठले भन्नुभयो ।
यसका लागि यहांँको सडकको पूर्वाधारको खांँचो हुने उनको भनाई थियो । उहांँले आफूलाई मतदाताले विश्वास गरी निर्वाचन जिताउन आग्रह गर्नुभयो ।
सो अवसरमा बोल्दै प्रदेश २ क का प्रदेश सभासदस्य घनश्याम दाहालले आफूले यसअघि प्रदेश सांसद भएर कालिकाको मुहार फेरिसकेको बताउंँदै अधुरा काम सम्पन्न गर्न पनि गठबन्धनको जित आवश्यक रहेको बताउनुभयो ।
यसैबीच, श्रेष्ठले आइतबार बिहान भरतपुरमा चितवन क्षेत्र नम्बर २ वाम–लोकतान्त्रिक गठबन्धन दलहरुको संयुक्त विद्यार्थी भेलालाई सम्बोधन गर्नु भएको थियो । उहांँले विद्यार्थीहरुलाई सम्बोधन गर्दै शिक्षा नै सर्वोपरि भएकोले सामुदायिक शिक्षाको विकासमा आफूले योगदान गर्न चाहेको बताउनुभयो । उहाँले शिक्षाको विकास विना देशको आर्थिक समृद्धिको यात्रा समेत अधुरो हुने बताउनुु भयो ।