भरतपुर ।प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर ३ अन्तर्गत गठबन्धनका साझा उम्मेदवार डा. भाेजराज अधिकारी र ३(क) प्रदेश सभाका उम्मेदवार डा. सुर्यकान्त घिमिरेले चुनावी घरदैलो अभियान शुरू गरेका छन् । ३ (क) अन्तर्गत भरतपुर ९ शरदपुरबाट लाेकतान्त्रिक-बाम गठबन्धनले चुनावी घरदैलो शुरू गरेको हाे । सँगै भरतपुर वडा चुनाव प्रचारप्रसार सचिवालय पनि उद्घाटन भएको छ ।
यसै सन्दर्भमा जनताको साथ, सहयोग र समर्थनमा अाफु निर्वाचित हुने डा. भाेजराजले बताएका छन् । राजनीति गर्न नभई विकास गर्न यहाँ आएकोले जनताले सहयोग गर्ने उनलेे विश्वास लिए । भरतपुर क्षेत्रमा केही बाकी रहेको खानेपानी र ढलकाे समस्या समाधान गर्ने गरि याेजना बनाउने उनको प्रतिबद्धता छ । सामाजिक सुरक्षाका लागि पनि अाफुसँग याेजना रहेको उनलेे बताए ।
यस्तै ३ (ख) प्रदेशसभाका उम्मेदवार डा. सुर्यकान्त घिमिरेले जनताको चाहाना अनुसार काम गर्ने बताए । भरतपुर ९ का स्थानीयसँग चुनावी घरदैलोमा सहभागी भएको उनलेे जनताको सेवा घरअाँगनमा पुर्याउने प्रतिबद्धता पनि व्यक्त गरे । ५ दलिय लाेकतान्त्रिक-बाम गठबन्धन अन्तर्गत प्रतिनिधिसभा चितवन ३ मा नेकपा माओवादी केन्द्रबाट डा. भाेजराज अधिकारी ३ (क) मा नेपाली कांग्रेसबाट प्राडा सुर्यकान्त घिमिरे र ३ (ख) मा नेकपा माओवादी केन्द्रबाट ठाकुर प्रसाद ढकाल चुनावी मैदानमा छन् ।