काठमाडौं । भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले महिला र पुरुष क्रिकेटरहरूलाई समान ‘म्याच फी’ दिने घोषणा गरेको छ ।
बीसीसीआई सेक्रेटरी जय शाहले भारतका महिला क्रिकेटरहरूलाई उनीहरूका पुरुष समकक्षीहरू सरह अन्तर्राष्ट्रिय खेल शुल्क दिने घोषणा गरेका हुन् ।
शाहले यसको पुष्टि गर्दै ट्विट अनुसार अब महिला क्रिकेटरहरूले पनि टेस्ट म्याचका लागि १५ लाख रुपैयाँ, ओडीआईको लागि ६ लाख र ट्वान्टी–२० को लागि तीन लाख रुपैयाँ पाउनेछन् । “पे इक्विटी हाम्रा महिलाहरूप्रति मेरो प्रतिबद्धता थियो र म एपेक्स काउन्सिललाई उनीहरूको समर्थनका लागि धन्यवाद दिन्छु,” उनले ट्विटमा लेखेका छन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु