चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ७ वुद्धचोकमा आदर्श सुपरस्टोर्स सञ्चालनमा आएको छ ।आज (आइतबार) देखि सञ्चालनमा आएको सुपरस्टोर्सको भरतपुर महानगरपालिका ७ का वडाध्यक्ष राजेन्द्रमणी काफ्लले उद्घाटन गरे ।
सुपरस्टोर्स सञ्चालनमा आएसँगै किनमेलका लागि बजार जानुपर्ने बाध्यता अन्त्य हुने उनले बताए । वडामा युवाहरुले यस्ता सुपरस्टोर सञ्चालनमा आउंँदा अन्य युवाहरुलाई पनि स्वरोजगार हुन प्रेरणा मिल्ने उनको भनाई थियो । एकै ठाउँमा सबै सामान सहुलियत दरमा पाउँदा आम उपभोक्ताको समय पनि बचत हुने उनले बताए ।
तीन करोडको लगानीमा सुपरस्टोर सञ्चालनमा ल्याएको सञ्चालक पवन अधिकारीले बताए । यस किसिमको सुपरस्टोरको आवश्यकता महसुस गरेर पनि सञ्चालनमा ल्याईएको उनको भनाइ थियो ।शुभारम्भको अवसरमा विभिन्न सामान खरिदमा १२ देखि १५ प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको उनले जानकारी दिए ।
अहिले स्टोर्समा दैनिक उपभोग्य वस्तु, मदिरा, भान्सामा प्रयोग हुने भाँडाकुँडालगायत बिक्रीका लागि राखिएको छ । आवश्यकता अनुसार अन्य सामाग्री थप गरिने पनि उनले बताए । स्टोर्सले १५ जनालाई प्रत्यक्ष रोजगार दिएको उनले जानकारी दिए ।