चितवन । नेपाली काँग्रेसका युवा नेता उत्तम जोशीले हाम्रौ पालामा परिवर्तन सम्भव रहेको बताउनुभएको छ । सत्ता गठवन्धनबाट प्रदेश सभा क्षेत्र नम्बर २ (ख)को उम्मेदवार बन्नु भएका जोशीले आज बिभिन्न स्थानमा भएको सम्पर्क कार्यालय उद्घाटनका क्रममा यस्तो कुरा बताृनुभएको हो । भरतपुर महानगरपालिका वडा नम्बर ५, ७, ११, वडा नम्बर १० मा सम्पर्क कार्यालयको उद्घाटन गर्दै उहाँले सामाजको परिवर्तन र बिकास सम्भव रहेको बताउनुभएको हो ।
घर दैलोमा व्यस्त रहनुभएका जोशीले बिकासका नारामा मात्रै नभएर बिकास र परिवर्तन गरेर देखाउने बताउनुभएको छ । अहिले भएको बिकासले युवा पुस्तामा रोजगारीको सृजना गर्न नसक्ने भन्दै बिकास र स्वरोजगारका कार्यक्रमलाई तिब्र गतिमा अघि बढाउनु पर्ने बताउनुभयो । देशको बिकासका लागि स्वतन्त्र उम्मेदवार नभई दलका उम्मेदवार आबश्यक पर्ने उहाँको भनाई थियो ।
भरतपुर ७ मा रहेको जेष्ठ नागरीक मिलन केन्द्रको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जेष्ठ नागरीको रक्षाका लागि सत्ता गठवन्धन आबश्यक रहेको बताउनुभयो । अहिले सत्ता प्राप्तीका लागि प्रतिगमनबादीहरुले जस्तो सुकै हर्कत गर्न सक्ने भएकाले उनीहरु प्रति जेष्ठनागरीकहरु सजग रहनु पर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एबं राज्यमन्त्री उमेश श्रेष्ठ, केन्द्रिय सदस्य अन्जनी श्रेष्ठ, भरतपुर महानगरपालिका वडा नम्बर ७ का वडा सभापति बिनोद ढकाल लगाएतले बोल्नु भएको थियो ।