चितवन । अंकुरम एकेडेमी , भरतपुरका विद्यार्थीलाई अग्नि नियन्त्रण सम्बन्धी तालिम दिइएको छ । चाडपर्व नजिकिए संँगै जोखिम न्यूनिकरणका आफूलाई कसरी सुरक्षित राख्ने भन्ने उद्धेश्यले तालिम आयोजना गरिएको हो । कार्यक्रममा शसस्त्र प्रहरी बल कुरीनटारका ८ जना सदस्यहरुको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा शसस्त्र प्रहरी बल कुिरनटारका इन्स्पेक्टर साथै सब इन्सपेक्टर सुबोध कुमार बुढाथोकी लगायत अन्य दलका सदस्यहरुले अग्नी नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने बारे प्रयोगात्मक विधिबाट अभिमुखिकरण दिनुभएको थियो । कार्यक्रममा कक्षा ४ देखि १२ सम्मका करीब ६०० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो भने यसमध्ये करीब २५ देखि ३० जना विद्यार्थीले ए.पी.एफ् टोलिको निगरानीमा प्रतक्ष्य रुपमा प्रयोगात्मक सिकाई लिएका थिए ।
कार्यक्रममा विद्यार्थी मात्र नभई विद्यालयका विभिन्न विभागका कर्मचारीहरुलाई समेत सहभागी भएका थिए । करिब ३ घण्टाको कार्यक्रममा अग्नि नियन्त्रण गर्ने विधिका तालिम दिनुका साथै दुर्घटना पश्चात गर्न सकिने प्राथमिक उपचारको विधिबारे ससस्त्र प्रहरी नायब निरीक्षक सुबोध कुमार बुढाथोकीले प्रयोगात्मक ढङ्गबाट जानकारी दिनु भएको थियो ।
पठनपाठन साथसाथै अतिरिक्त कृयाकलापलाई विशेष जोड दिने यस विद्यालयले विभिन्न माध्यमबाट वार्षिक रुपमा अग्नि नियन्त्रण सम्बन्धी कार्यक्रम गर्दै आइरहेको यसै विद्यालयका स्तर प्रमुख श्री अर्जुन शर्माले जानकारी दिनुभयो ।