चितवन । चितवन क्षेत्र नम्बर २ का गठबन्धनका उम्मेद्वार उमेश श्रेष्ठले भूमिहिन र सुकुम्बासीका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । आज आंँपटारीमा भूमिहिनसंँग भेटघाट गर्र्ने क्रममा श्रेष्ठले भूमिहिनको समस्या आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।
आफूले चुनाव जितेपछि लालपुर्जा लिन छुटेका र नपाएका सुकुम्बासीलाई लालपुर्जा दिलाउने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।
‘सुकुम्बासी समस्या समाधान मेरो पहिलो प्राथमिकता हुनेछ । उनले भने, निर्वाचित भएपछि कोही पनि भूमिहिन हुनुपर्दैन । ’
शिक्षा स्वास्थ्य रोजगारी संँग सुकुम्बासीलाई जोडेर समृद्धिको यात्रालाई अघि बढाउने उनको भनाई थियो । दशकौं अघिदेखि शिक्षा , पर्यटन , स्वास्थ्य लगायतका अनुभव संगालेको बताउंँदै उनले चुनाव जितेपछि यसलाई मुर्तरुप दिने उनको भनाई थियो । सुकुम्बासीको सपना र समस्या समाधान गर्न पनि आफूलाई जिताउन उनले आग्रह गरे । सो क्रममा भूमिहिनहरुले आफूले रोजेको खोजेको नेता घरदैलोमै आईपुगेको भन्दै खुशी व्यक्त गरेका थिए ।
प्रदेश २ ख का गठबन्धन उम्मेद्वार उत्तम जोशीले आफूले चितवनको हरेक वडा टोलसंँग परिचित रहेको बताउंँदै सुकुम्बासीको समस्या समाधान गर्न कुनै कसुर बांँकी नराख्ने बताए ।
नेपाल कम्युनिष्ट पार्टी नेता बद्री तिमिल्सिनाले यसअघि पनि आफ्नो कार्याकालबाट बर्षौंदेखि रहेको यो समस्यालाई समाधान गरेको भन्दै यो कार्यलाई निरन्तरता दिन पनि गठबन्धनको जित आबश्यक रहेको बताए ।