चितवन । पटक पटक लापरवाही र लुटको आरोप लाग्दै आएको चितवन मेडिकल कलेजमा आज तोडफोड भएको छ । पेट दुखेपछि घरबाट आफै मोेटरसाइकलमा चढेर अस्पताल आएका भरतपुर महानगरपालिका वडा नम्बर १३ उजेली नगरका ३६ बर्षीय रमेश कुंवरको मृत्यु भएको हो । उपचारको क्रममा चरम लापरवाही भएको भन्दै आफन्तले अस्पताल तोडफोड गरेका छन । अस्पताल तोडफोड भएपछि अस्पताल परिषर तनाबग्रस्त बनेको छ ।
मृतकका ज्वाई सागर कुंवरले चिकित्सकको चरम लापरवाहीले आफ्नो जेठानको अनाहकमै ज्यान गुमाउनु परेको बताए ।’हिजो बिहानै आफै मोटरसाइकल चलाएरघरबाट आउनु भएको थियो , लापरवाहीले उहांँको ज्यान गयो ।’ उनले भने । आफूले अस्पतालबाट सफल उपचार हुने आशा भएपनि चिकित्सकको लापरवाहीले ज्यान गएको उनको भनाई छ ।
उनको मृत्यु भएपछि अस्पतालले सहजीकरण नगर्दा आक्रोशित आफन्तले तोडफोड र प्रर्दशन गरेका थिए । मृतकलाई न्याय दिनुपर्ने, सत्यतथ्य छानविन गर्नुपर्ने , दोषीलाई कारवाहीको माग गर्दै प्रर्दशन गरिएको कुंँवरले बताए ।
स्थिती तनावग्रस्त भएपछि सयौंको संख्यामा नेपाल प्रहरी र शसस्त्र प्रहरी तैनाथ गरिएको छ । अस्पताल प्रशासन र पीडित पक्षबीच वार्ता भएपनि पीडितको पक्षमा वार्ता नटुंगिएपछि आफन्तहरु थप आक्रोशित बनेका हुन्। सुरक्षाकर्मी तैनाथ भएपछि स्थिति सामान्य बन्दै गईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी विजयराज पण्डितले जानकारी दिए । प्रर्दशनकारी ८ जनालाई प्रहरीले नियन्त्रण लिएको उनले बताए ।
पण्डितका अनुसार तोडफोडबाट आइसियु कक्षका सिसाहरु फुटेका छन । सिएमसीमा पटक पटक यस्ता घटनाहरु बारम्बार भएतापनि कतिपय घटनाहरु भित्रै मिलाउने गरेको र बाहिर मिडीयामा नआउने गरेको छ ।
जो पेट दुखेर आफैं मोटरसाइकलमा सिएमसी अस्पताल गए चिकित्सकको लापरवाहीले अनाहकमै ज्यान गयो
जो पेट दुखेर आफैं मोटरसाइकलमा सिएमसी अस्पताल गए चिकित्सकको लापरवाहीले अनाहकमै ज्यान गयो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु