चितवन । बेलबहादुर पौडेलको नयाँ लोक गीत ‘म त लाहुरे हङकङको’ सार्वजनिक भएको छ ।
उक्त गीत आज (आइतबार) आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । गीत गीता कृयसन युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
सार्वजनिक गीतमा केबी भण्डारीको शब्द, संगीत तथा एरेन्ज रहेको छ । गीतमा सुनिता बुढा क्षेत्री र बेलबहादुर पौडेलको आवाज रहेको छ । सार्वजनिक गीतमा चाडवाडमा गाउँ फर्किएका हङकङको लाहुरे र गाउँले केटीको कथालाई देखाईएको छ ।
भिडियोमा अल्फाज शाह हङकङको लाहुरेको भूमिकामा देखेका छन् भने गाउँले केटीको भूमिका पूजा क्षेत्रीले निभाएकी छन् । भिडियोलाई गायक पौडेलले नै निर्देशन गरेका हुन् । सुमित लामाले खिचेको भिडियोमा बिनोद बमको सम्पादन छ । गीतको भिडियोको भरतपुरको दासढुङ्गा आसपास छाँयाकन गरिएको छ ।
गीतको भिडियोलाई स्तरीय बनाउन कुनै कमी हुन नदिएको गायक पौडेलले बताए । अडियो र भिडियोलाई स्तरीय बनाउन निकै मेहेनत गरिएको उनको भनाइ छ । पेशाले स्वास्थ्य क्षेत्रमा आवद्ध पौडेलको यो दोस्रो गीत हो ।
पेशाले स्टाफ नर्स पूजाको यो पहिलो म्युजिक भिडियो हो । उनले सानैदेखि अभिनय गर्ने रहर यो गीतले पुरा गरेको बताईन् । पहिलो प्रयास भए पनि राम्रो काम गर्ने प्रयास गरेको भन्दै उनले दर्शकबाट आउने ताली र गाली दुबै आफुलाई स्वीकारे हुने बताईन् । उनले स्वास्थ्य क्षेत्रसँगै कलाकारितालाई पनि निरन्तरता दिने बताईन् ।