चितवन । वन तथा वातावरण मन्त्री प्रदीप यादवले निकुञ्ज ऐनका कारण मानव र वन्यजन्तु वीचको द्धन्द्ध न्यूनिकरणमा चुनौति आएको बताउनुभएको छ । चितवन राष्ट्रिय निकुञ्जको ५० औं स्थापना दिवसको स्वर्ण महोत्सव तथा राष्ट्रिय संरक्षण दिवस २०७९ को अबसरमा आज कसरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यो ऐन परिवर्तन आवश्यक रहेको बताउनुभयो । २०२९ सालको ऐनमा हामीले काम गरिरहेका छौं । यो परिमार्जन गर्नुपर्छ । समय अनुसार संसोधन हुनुपर्छ । मन्त्री यादवले भन्नुभयो ।
समुदायको जीविको पार्जन र मानव अस्तित्व जोगाउन संरक्षण हुनुपर्ने भन्दै यसको जिम्मेवार सबै जना भएको बताउनुभयो । यस ऐनका कारण पनि मानब र जनावर बिचको द्धन्द्ध वढ्दै गएको समेत उहाँको भनाई थियो ।
वन्यजन्तु र मानव वीचचको द्धन्द न्यूनिकरण गर्न सरकारले काम सुरु गरेको उहाँले बताउनुभयो । उहांँले अहिले सरकारले नीति बनाएर अगाडि बढेको भन्दै उहांँले वन्यजन्तु र मानव वीचको द्धन्द्ध घटाउन नयाँ उपकरण (एनाईडर)जडान गरी वन्यजन्तु मानव वस्तीमा पस्न रोक्ने बताउनुभयो ।
‘यो प्रविधि भारतमा सफल परिक्षण भईसकेको छ र सफल परीक्षण भईसकेको छ । अब हामी यहांँ जडान गर्ने तयारीमा छौं ।’ उहांँले भन्नुभयो । निकुञ्ज हाम्रो पहिचान , सम्पदा र सम्पत्ति रहेकोले यसको संरक्षणमा चुनौति आएको उहांँको भनाई थियो ।
‘बातावरणको संरक्षण गर्न नसक्दा अहिले जलवायु परिवर्तनको समस्या बढ्दै गएको छ । आज यही कारणले पाकिस्तान यस्तो हालत भयो । वनजंगल जोगाउन सकेनौं भने हाम्रो पनि पाकिस्तानको जस्तै हालत हुन्छ ।’ उहांँले भन्नुभयो ।
कार्यक्रममा अन्य बक्ताहरुले निकुन्ज र समुदाय वीचको द्धन्द्ध न्यूनिकरणका लागि राज्यले ठोस कार्यक्रम ल्याउनु पर्ने बताउनु भएको थियो । राज्यले ठोस नीति तथा कार्यक्रम ल्याउन नसक्दा निकुञ्ज र समुदाय वीचको दुरी कम हुन नसकेको उहांँहरुको भनाई थियो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभागका महानिर्देशक महेश ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ठोरी गाउँपालिकाका अध्यक्ष लाल बाबु श्रेष्ठ, पूर्ब सचिव कृष्ण प्रसाद आचार्य, बागमती प्रदेश वन तथा बातावरण मन्त्रालयका सचिब यज्ञनाथ दाहाल, वन तथा भू संरक्षण बिभागका महानिर्देशक देवेशमणी त्रिपाठी, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव सरदचन्द्र अधिकारी, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना, पूर्ब प्रमुख संरक्षण अधिकृत रामप्रित यादब लगायत मन्तव्य राख्नुभएको थियो ।
सो अबसरमा ब चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले निकुञ्जमा अहिले भएका गतिविधि र विगतका कामहरुको बारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा जैबिक बिबिधता संरक्षणमा सहयोग पु¥याउने, वन्यजन्तु संरक्षणमा काम गर्ने, संरक्षणका बिषयमा कलम चलाउने पत्रकारलाई सम्मान गरिएको थियो । निकुञ्जले ५० औं स्थापना दिवस पारेर वर्ष भरी बिभिन्न कार्यक्रम गरी मनाउने जनाएको छ । निकुञ्जले प्रकाशन गरेको स्मारिका बिमोचन, स्वर्ण स्तम्भ अनावरण र बृत्तचित्र प्रदर्शन गरिएको थियो । बि. सं. २०३० सालमा स्थापना भएको यो नेपालको पहिलो राष्ट्रिय निकुञ्ज हो । असोज ४ गते निकुञ्ज ५० औं बर्षमा प्रबेश गरेको छ ।