चितवन । केही दिन अघि सरकारले दूध आयतमा अनुमति दिए लगत्तै यहांँका किसानले असन्तुष्टी जनाएका छन । सरकारले यो निर्णय नसच्चाए भारतबाट आयातित दूध सडकमा फ्यांँकिदिने चेतावनी दिएका हुन् ।
जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले आज भरतपुरमा पत्रकार सम्मेलन गरी सरकारको निर्णय प्रति अस्न्तुष्टी जनाएका हुन ।
। पत्रकार सम्मेलनमा बोल्दै संघका अधयक्ष रत्नमणी न्यौपानेले यहांँका किसान देशलाई चाहिने दूध उत्पादन गर्न सकिने भन्दै अनुमति फिर्ता गर्नुपर्ने माग गरे । भारतबाट गुणस्तरहीन दूध ल्याई दुध डेरी र उपभोत्ताबीच द्धन्द्ध सिर्जना गरेको उनीहरुको आरोप थियो ।
राज्यले विगतको समयमा प्रतिबन्ध लगाएको दुग्ध आयातलाई पुनः शुरु गर्ने सरकारको निर्णयले किसानहरु विस्थापित हुने भन्दै तत्काल निर्णय सच्याउन माग गरेका हुन् । हाल डेरीहरुले किसानको बक्यौता राखेको आयात अनुमति दिंँदा रकम डुब्ने जोखिम बढेको उनको थियो ।
सरकारले बि. सं. २०७५ सालबाट दुध आयातमा रोक लगाएको तर अहिले बिचौलियालाई प
श्रय दिन आयात अनुमति दिएको भन्दै बताउँदै निर्णय कार्यान्वयन भए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिए । अनुमति नसच्चिए चितवनबाट नै आन्दोलनका कार्यक्रम शुरु गरिने उनीहरुको भनाई थियो । ‘हामी अझैपनि निर्णय सच्चिन्छ भन्ने आशमा छौं संघका सचिव किशोर वगालेले भने, नसच्चिए भारतबाट आएका दूध नारायणीमा बगाईदिन्छौं ।’ सरकारले आयातलाई अनुमति दिनुभन्दा
किसानलाई उत्पादन बृद्धितर्फ प्रोत्साहन गर्नुपर्ने उनीहरुको माग छ । ‘आयात बन्द गरोस यसको सट्टा पांँच हजार गाई पाल्न प्रोत्सान गरोस हामी उत्पादन बढाउन तयार छौं ।’ वगालेले भने ।
केरा किसान, माछा किसान पनि आयात रोक्न सडकमा रहेको भन्दै आफूहरु पनि दूधको आयात रोक्न सडकमा बस्न तयार रहेको उनीहरुको भनाई थियो ।
चितवनमा हाल दुधालु गाई र भैसी ६८ हजार ६११ वटा रहेको र दैनिक ३ लाख ५० हजार लिटर दुध उत्पादन हुँदै आएको छ । यस मध्ये ४५ प्रतिशत दूध बाहिरी जिल्ला जाने गरेको छ । यहाँ उत्पादित दुध काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर र कास्की जाने गरेको संघले जानकारी दिएको छ ।