चितवन । नेपाल घर वहाल उपभोक्ता मञ्च चितवनको ११ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । नारायणगढमा सोमबार आयोजित साधारण सभाको उदघाटन जिल्ला समवन्य समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारीले गरे ।
सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अधिकारीले घर भाडामा बस्ने र घरधनीबीच सुमुधुर सम्बन्ध हुने पर्ने बताए । उनले पछिल्लो समयमा मञ्चले घरबहाल उपभोक्ताको लागि सकारात्मक काम गरेको भन्दै प्रशंसा गरे ।
मञ्चका वरिस्ठ उपाध्यक्ष एवं विवाद उप समितिका संयोजक लक्ष्मी कार्कीले घर वहाल मञ्चले घर भाडामा बस्ने र घरधनीका बिषयमा समस्या समाधन गरेको बताईन् ।
मञ्चका संस्थापक अध्यक्ष एवं वरिस्ठ सल्लाहकार हेमराज पौडेलले विगत११ बर्ष देखि घरधनीको ज्यादतीका विरूद्धृ घरबहाल मञ्च स्थापना भएको बताउँदै उद्योग बाणिज्य संघ सधै घरधनीको पक्षमा रहने गर्नाले व्यवसायीहरूले समस्या झेल्नु परेको गुनासो गरे ।
मञ्चका अध्यक्ष खेम नारायण पराजुलीको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममामंचका महासचिब जनक लाल कट्टेलले प्रतिवेदन पेश गरेका थिए ।