चितवन – २२ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा चितवनमा जिल्ला स्तरीय ब्याड्मिन्टन प्रतियोगिता हुने भएको छ । राष्ट्रिय युवा परिषद् चितवनको आयोजनामा असोज १० गते जिल्ला स्तरीय नक आउट व्याडमिन्टन हुने भएको हो ।
भरतपुर कभर्डहलमा हुने प्रतियोगितामा तीन विधामा प्रतिस्पर्धा हुनेछ । पुरुष डबल ‘ए’, पुरुष डबल ‘बी’ र महिला डबल खुलामा प्रतिस्पर्धा हुने युवा परिषद् चितवनका अध्यक्ष अस्मिन घिमिरेले जानकारी दिए ।
खेल बिहान ८ बजेबाट सुरु हुनेछ । प्रतियोगितामा प्रथम हुनेले २० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै द्धितियले दश १० हजार तथा तृतीयले पाँच हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु