चितवन । भरतपुरको सनराइज स्कुलमा सात कक्षामा अध्ययनरत रोज रामुदामुले सानो घरका बालबालिकासंँग आफ्नो जन्मदिन मनाएकी छिन । जन्मदिन हुने फजुल खर्चलाई कम गर्ने हेतुले उनले आज भरतपुरमा रहेको सानो घरका बालबालिकासंँग आफ्नो १३ औं जन्मदिन मनाएकी हुन् ।
रोज रामुदामुले सानो घरकी सञ्चालिका विमला श्रेष्ठलाई दशहजार नगद दिएर सहयोग गरेकी थिइन् ।
सो अवसरमा प्रतिक्रिया दिंदै रोज रामदामुले आफूले फजुल खर्च हुने पैसा जम्मा गरेर बालबालिकासंँग जन्म दिन मनाउंँदा आफूलाई खुशी लागेको बताईन । आफूजस्तै बालबालिकाको पढ्नमा सघाउ पुगोस भन्ने हेतुले सहयोग गरेको बताईन । ‘मैले किताबमा पढ्दा आफूभन्दा सानालाई माया गर्नुपर्दछ र असहायलाई सहयोग गर्र्नुपर्दछ भनेर पढेको थिएंँ उनले भनिन यसले मायांँ र सद्भाव पनि बढेको महसुुस गरेको छु । सहयोग गर्नलाईनै मैले पैसाा जम्मा गरेको थिएंँ ।’
आफूलाई होटल रेष्टुरेण्ट तथा फजुल खर्च गर्नुभन्दा यस्तो सामाजिक काममा सहयोग गर्न पाउंँदा सन्तुष्टी मिल्ने रोजले बताईन ।
रोजका अभिभावक रुवीन रामुदामु र शान्ति रामुदामुले आफ्नो छोरीले जन्मदिन अनाथ बालबालिकासंँग मनाउंँन अनुरोध गरेकोले सानो घरमा आएर मनाईएको बताए । आफ्ना छोरी सामाजिक भावनाको रहेकोले छोरीको ईच्छा र चाहना बमोजिम यहांँ जन्मदिन मनाईएको उनीहरुको भनाई छ । ‘छोरीको जन्मदिन सानो घरमा मनाउन पाउंँदा हामी पनि अत्यन्त खुशी छौं , अभिभावकले भने, छोरीको खुशी नै यहांँको बालबालिकाको पनि खुशी हो भन्ने लागेको छ ।’
सञ्चालिका श्रेष्ठले यस्तै समाजसेवी एवं दाताहरुको सहयोगलेनै विगत १२ बर्षदेखि आश्रम सञ्चालन गर्दै आएको बताईन । बालबालिकासंँग जन्मदिन मनाएर खुशी बांँड्दा आत्मीयता पनि बढ्ने श्रेष्ठको भनाई थियो । सानो घरमा हाल २१ जना बालबालिका आश्रित छन । यहांँका बालबालिका तथा आश्रितले नर्सरी देखि स्नातक सम्म पढ्दै आएको श्रेष्ठले जानकारी दिईन् ।