चितवन। बालदिवसको अवसरमा कामना सेवाविकास बैंक, विकासचोक शाखाले असहाय बालबालिकाहरूकालागि सहयोग प्रदान गरेको छ ।
भरतपुरको कृष्णपुरस्थित राइज अप होमका आश्रित बालबालिकाहरूलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको हो । एक कार्यक्रमका बीच अनाथालयको १५ जना बालबालिकालाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा बालबालिकाहरूको शिक्षामा टेवा पु¥याउने उद्देश्यले शैक्षिक सामाग्री वितरण गरिएको बैंकका शाखा प्रमुख प्रकाश पन्तले बताए ।
‘बालमैत्री समाजको आधार जिम्मेवार परिवार उत्तरदायी सरकार’ नाराका साथ मनाईएको यसपटकको बाल दिवसलाई सफल बनाउन बैंकले यो कार्यक्रमको आयोजना गरेको पन्तको भनाई थियो ।
वितरण कार्यक्रममा बैंकका कर्मचारी एवं सञ्चालकहरुको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु