चितवन । नारायणी नदी पुलबाट हामफालेर एक पुरुष वेपत्ता भएका छन । आज (बिहीबार) बेलुका ६ बजेर ५९ मिनेटमा परिचय नखुलेका अन्दाजी ३२ बर्षीय पुरुष हामफालेर वेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर ३ नारायणी पुलबाट हामफालेर वेपत्ता भएको र पुलमाथि बागमती प्रदेश ३–०२–००२ प ९१३६ नम्बर स्कुटर, निलो रंगको चप्पल र एक थान मोबाईल फेला परेको छ । उनी हामफालेको खबर पाउनासाथ विपद व्यवस्थापन सहितको प्रहरी टोली खोजी कार्य जारी राखेपनि हालसम्म उनी फेला पार्न नसकेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु