चितवन । भरतपुरमा आज देखि लगातार दुईदिनसम्म विद्युत आपुर्ति अनियमित हुने भएको छ । हेटौंडा ग्रिड महाशाखा अन्तर्गत १३२÷३३÷११ के.भी. बसेनी सब–स्टेसन मा जडित १३२÷११ के.भी. को २२.५ एम.भी.ए. को दुई वटा ट्रान्सर्फमर मध्ये एउटामा समस्या आई बदल्नु पर्ने भएकोले विद्युत अवरुद्ध हुने विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जानकारी दिएको छ ।
वितरण केन्द्रले बुधबार सूचना जारी गरी उक्त ट्रान्सर्फमर बदली नहुन्जेल सम्म उक्त सब स्टेसन बाट प्रशारित विद्युत आपूर्ति अनियमित हुने जनाएको हो । वितरण केन्द्रका इञ्जिनियर राजेन्द्र पौडेलले आज भदौ ३० देखि उक्त बिग्रिएको ट्रान्सर्फमरको ठाउँमा सोही क्षमताको अर्को ट्रान्सर्फमर जडान गर्नुपर्ने भएकोले जडान नहुँदा सम्म दुई दिनको लागि विद्युत आपूर्ति अनियमित हुने जानकारी दिए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु