चितवन । राष्ट्रिय बाल दिवसको अवसरमा कामनासेवा विकास बैंकले आश्रित बालिकाहरुलाई सहयोग हस्तान्तरण गरेको छ । बैंकले भरतपुरको नौरंगेमा रहेको साहाराको घरमा आश्रय लिईरहेका बालबालिकालाई मंगलबार सहयोग हस्तान्तरण गरेको हो ।
बैंकले बालिकाहरुलाई झोला, शैक्षिक सामाग्रीहरु लगायतका सामग्री सहयोग गरेको छ । बैंकका नारायणगढ क्षेत्रीय प्रबन्धक शिवकुमार ढकाल, नारायणगढ शाखा प्रबन्धक एवं कलस्टर हेड निश्चलकुमार मानन्धर लगायत बैंकका कर्मचारीहरुको उपस्थितिमा सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।
सो अवसरमा बैंकका कर्मचारी र बालबालिकासँगै केक काटेर खाँदै खुशी बाँडिएको थियो । साहाराको घरकी आमा कुशुम तिवारीका अनुसार १८ जना बालिकाले यहाँ आश्रय लिईरहेका छन् ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तर यस्ता सामाजिक कामलाई निरन्तरता दिंँदै आएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु