चितवन । आइतबार माडी नगरपालिका वडा नम्बर २ स्थित ढिकुनेका सूर्यनाथ अधिकारी बाघले खाएको अवस्थामा भेटिएपछि चितवन राष्ट्रिय निकुञ्जले नरभक्षी बाघको खोजी कार्य तीब्र पारेको छ । आइतबार देखिनै निकुञ्जका सेना, सुरक्षाकर्मी, मध्यवर्ती व्यवस्थापन समितिका पदाधिकारी र हात्ती सहितको टोली खटिएको निकुञ्जले जनाएको छ ।
बाघलाई क्यामरा ट्रयापिङ्गबाट देखिएको र उक्त नरभक्षी बाघको खुट्टाको पाईला ,पहिचान भएको निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिनुभयो । ‘अहिले पाण्डवनगरको कांँस घारीमा बाघ छ भन्ने स्थानीयले जानकारी दिएका छन,् उहांँले भन्नुभयो, हाम्रो हात्ती सहितको टोली त्यतातिर छौं ।’ एकपटक बाघले मान्छे खाएपछि निरन्तर मान्छेलाई आक्रमण र खाने जोखिम रहेकोले खोजी कार्य जारी राखिएको उहांँको भनाई छ । बाघलाई नियन्त्रणमा लिएर खोरमा राखिने र बाघको स्वभाव र आनीबानीमा सुधार भएपछि पुन जंगल छोडिने तिवारीले जानकारी दिनुभयो ।