चितवन । उर्जा जलश्रोत तथा सिंचाईमन्त्री पम्फादेवी भुषालले भारतपछि नेपाल सरकारले वंगलादेशलाई विद्युत निर्यातको लागि तयारी भईरहेको बताउनु भएको छ । आज भरतपुर विमानस्थलमा पत्रकारसंँग कुरा गर्दै उहांँले यही बर्ष वंगलादेशलाई विद्युत निर्यात गरिने बताउनुभएको हो । ‘वंगलादेशसंँग जलविद्युत निर्यातमा सम्झौता भईसकेको छ , उहांँले भन्नुभयो, जलविद्युत उत्पादनमा पनि वंगलादेशसंँग सम्झौताको तयारी हुंँदैछ ।’ वंगलादेशका प्रधानमन्त्रीसंँग यही बर्षभित्र ५० मेघावाट विद्युत निर्यातको लागि छलफल भईरहेको उहांँले बताउनुभयो ।
हाल उर्जालाई उत्पादनमा परिवर्तन गर्दै गएको र अन्तराष्ट्रिय निर्यातको शुरुवात भएको उहांँको भनाई थियो ।‘ बर्षायाममा हाम्रो विद्युत उत्पादन पनि बढी हुन्छ उहांँले भन्नुभयो,गरीब विपन्नलाई पनि शुल्क घटाईएको ७० कृषि क्षेत्रमा ७५ प्रतिशत छुटको व्यवस्था गर्दैछौं । ’
फरक प्रसंगमा उहांँले गठबन्धनको सीटको बिषय आज बेलुका सम्म टुंग्याउने बताउनु भयो । ‘हिजो प्राविधिक हिसाबले टुंगिएन, उहांँले भन्नुभयो, गठबन्धनका नेताहरु पनि बाहिर हुनुहन्थ्यो ।’ माओवादी केन्द्रको आगामी निर्वाचनमा ६० सीट भन्दा माथि दाबी रहेको उहांँले बताउनु भयो ।‘ गठबन्धनको कुरा हो गिभ न टेक पनि हुन्छ ।’ भुषालले भन्नुभयो ।