चितवन । नेपाली कांग्रेसलाई आर्थिक सुदृढिकरणमा योगदान पु¥याउनु भएकी दानकी देवी मैयाँदेवी श्रेष्ठको पछिपछि राजनीतिक यात्रामा सहकार्य गर्नुभएका टंकनाथ पौडेल यतिबेला मैयाँदेवीको पदचाप पछ्याउँदै नेतृत्वको दौडमा हुनुहुन्छ । पौडेल श्रेष्ठ अस्वस्थ भएसँगै उहाँको मार्ग पछ्याउंँदै राजनीतिमा स्थापित हुँदै आउनु भएको हो ।
कांग्रेसका संस्थापक नेताहरुसँग श्रेष्ठले बनाएको सम्बन्धलाई कायम राख्दै पौडेलले थप मजबुद बनाउँदै आउनु भएको छ । श्रेष्ठ अविवाहित भएपनि उहाँको जीवनको एक साहारा बन्नु भएका पौडेलको भूमिका उत्तराधिकारीको रुपमा रहेको छ । श्रेष्ठलाई नेपालमा नचिन्ने कांग्रेसजन छैनन् । उहाँले पार्टीको केन्द्रीय कार्यालय, जिल्ला कार्यालय, वडा कार्यालय हुँदै शुभेच्छुक संस्था प्रेस युनियन कार्यालयलाई कार्यालय सञ्चालन गर्न जग्गा दान गर्नुभएको छ । यी सबै कार्यको एक साक्षी पौडेल नै हुनुहुन्छ । त्यसो त मैयाँदेवी कन्या क्याम्पस, पतञ्जली योग समिति जस्ता दर्जनौं संघ संस्थामा श्रेष्ठको योगदान छ । त्यसैले पनि ती धेरै संस्थामा उत्तराधिकारीको रुपमा अहिले पौडेल नै हुनुहुन्छ ।
आमासँगै पछिपछि राजनीतिक यात्रामा लाग्दै आउनु भएका पौडेल अहिले नेपाली कांग्रेसको क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । यस अघि उहाँ सोही क्षेत्रको प्रदेश क को सभापति, क्षेत्र नं. २ को कोषाध्यक्ष, क्षेत्र नं. २ को निर्वाचन आर्थिक समितिको सदस्य, अनुशासन समिति संयोजक जस्ता पदमा रहेर महत्वपूर्ण योगदान पु¥याईसक्नु भएको छ । पार्टीभित्र समूहगत रुपमा नलागेर उहाँ सबैका प्रिय पात्र बन्न सफल हुनु भएको छ । उहाँले भन्नुभयो “ममा प्राप्त यी गुण आमा मैयाँदेवीको हो । म कुनै गुट र समूहको व्यक्ति होइन, कांग्रेसको हो ।”
फरक दलका नेता कार्यकर्तासँग समेत उत्तीकै निकट सम्बन्ध राख्ने पौडेलले बि.सं. २०४८ सालबाट राजनीतिक यात्रा शुरु गर्नुभएको हो । आमा मैयाँदेवी श्रेष्ठले गोर्खाबाट निर्वाचन लड्दै गर्दा उहाँ सँगसँगै हुनुहुन्थ्यो । त्यतिबेला गोर्खा कांग्रेस प्रशिक्षण विभागले उहाँलाई सम्मान नै गरेको थियो ।
राजनीति मात्रै नभएर साझा व्यक्तिका रुपमा परिचय पाउनु भएका पौडेललाई प्रथम राष्ट्रपति रामवरण यादवले दुई पटक र राष्ट्रपति विद्यादेवी भण्डारीले दुई पटक सम्मान गरिसक्नु भएको छ । त्यसो त नेपाली कांग्रेसका पूर्व सभापति सुशील कोइरालाले पनि उहाँलाई सभापति रहँदाको अवस्थामा सम्मान गरिसक्नु भएको छ । उहाँले भन्नुभयो “अन्य सम्मान र पुरस्कार धेरै छन् ।” दानवीर आमा मैयाँदेवी श्रेष्ठ मार्फत् गरिने समाजसेवाका काममा उहाँको साथ रहेकै कारण उहाँलाई धेरैले मन पराएका हुन् ।
बि.सं. २०२७ सालमा जन्मिनु भएका पौडेल राजनीति र सामाजिक यात्रासँगै यतिबेला चितवन क्षेत्र नं. २ (क) बाट प्रदेश सभा सदस्यमा उम्मेदवारको दौडमा हुनुहुन्छ । पार्टी मात्रै होइन, बाह्य व्यक्तिहरुको समेत साथ रहेकाले पार्टीले पत्याएमा निर्वाचन जित्ने आत्मबल पौडेलमा छ । प्रिय पात्र पौडेल समाजसेवा सँगसँगैको राजनीतिलाई आफ्नो जीवनको मार्गदर्शक मान्नुहुन्छ । देवघाट क्षेत्र विकास समितिमा अध्यक्ष हुँदा कमाएको ख्यातीका कारण क्षेत्र नं. २ (क) मा उहाँ परिचित पनि हुनुहुन्छ । समाजसेवा, आध्यात्मिक क्षेत्र, राजनीतिक क्षेत्र, दिनदुखीको सेवामा निरन्तर लाग्ने उहाँको प्रतिज्ञा छ । सांसद भएमा राज्यले दिने तलब सुविधा नलिने उहाँले घोषणा गरिसक्नु भएको छ ।