देवघाट । चितवन उद्योग संघ ,महिला उद्यमी मञ्च र ग्रिनतारा नेपालले देवघाट स्थित रामजानकी आश्रमका बालिकाहरुलाई क्यान्सर सम्बन्धि सचेतना दिएका छन । लोक कल्याण सेवा प्रतिष्ठानद्वारा सञ्चालित श्री रामजानकी बालिका आश्रम (कन्यागुरुकुलम)का बालिकाहरुलाई लक्षित गरी क्यान्सर सचेतना तथा अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
सचेतना कार्यक्रममा चितवन मेडिकल कलेजका प्रसुति शाखा प्रमुख वरिष्ठ नर्स रेनु सुवेदी राउतले महिलाहरु हुन सक्ने विभिन्न खाले क्यान्सरहरुको जानकारी र त्यससँग बच्न सक्ने उपायका बारेमा प्रकाश पार्नुभएको थियो । भरतपुर सरकारी अस्पतालमा कार्यरत सिनियर नर्स सरुमाया गुरुङले महिलाहरुले स्वास्थ्य सुरक्षा अपनाउनु पर्ने महत्वपूर्ण बिषयमा जानकारी दिएकी थिइन् ।
क्यान्सर सचेतना कार्यक्रममा चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी अध्यक्ष सुधा सुवेदी पौडेल, कोषाध्यक्ष दिपा न्यौपाने, रामजानकी बालिका आश्रमका महासचिव रामेश्वर खनाल, अध्यक्ष साबित्री टण्डन, महिला उद्यमीहरु राधा शर्मा पौडेल, गीता पौडेल, दिपिका खड्की, चितवन ग्रिन लायन्स क्लबका सदस्यहरुको सहभागिता रहेको थियो ।