चितवन । चितवनमा नक्कली प्रहरी परिचय पत्र देखाएर लुट्ने दुईजना पक्राउ परेका छन । पक्राउ पर्नेमा विशाल पौडेल र विजय महत रहेका छन ।
जिल्ला प्रहरी कार्यालय ,चितवनका अनुसार उनीहरुले कालिका नगरपालिका वडा नम्बर ८ गैरीबारी स्थित सडकखण्डमा आईसक्रिम बिक्री गर्ने भारतीय नागरिक विरेन्द्र शाहलाई ना ३५ प ६५२० नम्बरको स्कुटरमा आई आफूहरु प्रहरी रहेको भनेर परिचय पत्र देखाएर धाकधम्की दिई नगद ५ हजार ४०० रुपैंया लुटेका थिए ।
लुटिएको खबर पाउने वित्तिकै पीडित शाहसंँग समन्वय गरी उनीहरुलाई सोही दिन दिउसो सांँढे १ बजे शक्तिखोरबाट जुटपानी तर्फ स्कुटरमा आउंँदै गरेको अवस्थामा प्रहरी सहायक निरीक्षक विशाल पौडेल लेखिएको कार्ड र रकम सहित प्रहरीले बरामद गरेको हो । उनीहरुलाई डांँका सम्बन्धी कसुरमा जिल्ला अदालतबाट पांँच दिन म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।