चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकाका जनप्रतिनिधिहरुले शुक्रवार १०० दिनमा गरेका कामहरुको प्रगति विवरण सार्वजनिक गरिएको छ । शुक्रवार सो नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरी सय दिनमा गरिएका काम सार्वजनिक गरेको हो ।
मेयर प्रल्हाद सापकोटाले प्रतिबेदन सार्वजनिक गर्दै १० जना विपन्न समुदायका विद्यार्थीलाई निशुल्क प्रविधिक शिक्षा पढाउन सुरु गरेको र रत्ननगर अस्पतालमा विपन्न समुदायका विरामीको उपचारका लागि ३० लाखको स्वास्थ्य उपचार कोष स्थापना गरिएको बताए । १०० दिनको अबधिमा विपन्न समुदायको पहिचान गरी ३ हजार २०० घरपरिवारको स्वास्थ्य बीमा गर्ने कामको सुरुवात भइसकेको छ । सय दिनको अबधिमा सो नगरपालिकाले दुई ठुला योजनामा बजेट थप गर्न सफल भएको छ । ३ करोड ३९ लाख रुपैया बजेट रहेको सौराहा सौन्दर्य परियोजनामा बजेट थप गरी १८ करोड बनाउन सफल भएको मेयर सापकोटाले बताए ।
त्यसैगरी ५० लाखको शान्तिचोक पिठुवा सडकमा बजेट थप गरी ४ करोड पु¥याइएको छ । १०० दिनको प्रगति प्रतिवेदन तयार गरेको सो नगरपालिकाले नगर सभाबाट पारित गरिएको नीति तथा कार्यक्रमलाई कार्यान्वयन लैजान सक्नुलाई सफलता मानिएको छ । निर्वाचित भएर आएपछि जेठ र असार पुरानै बजेटमा काम गर्नु परेका कारण नयाँ काम नदेखिएको मेयर सापकोटाको भनाई छ ।
‘ १०० दिनमा जम्मा हामीले एक महिना मात्र राम्ररी काम गर्न पाएका छौं उनले भने नगरबासीको चाहना हामीले बुझेका छौं,अब तीव्र गतिमा काम हुन्छ ।’ भरतपुर महानगरपालिकामा सुकुमबासीलाई लालपूर्जा वितरण सुरु भइसकेकाल कारण रत्ननगरमा त्यसको दवाव परेको छ । आफु निर्वाचित भएर आएपछि सुकुमबासीलाई निस्सा वितरणको काम भइरहेको र राष्ट्रिय भूमि आयोगसंग समन्वय गरी चाडै लालपूर्जा वितरण गरिने मेयर सापकोटाले बताए ।
१० दिनमा सौराहामा सौर्य लाइट जडान,वडा नं १२ मा इन्जिनियरिङ कलेज स्थापनाको प्रक्रिया,दुधमा र घाँसमा अनुदान,नगरप्रमुख उद्यमशिलता कार्यक्रमको निरन्तरता,बाँझो जमिनको उपयोग र सामुहिक रुपमा जग्गा भाडामा लिई सामुहिक खेती गर्ने कार्यमा बजेट विनियोजना गरी प्रक्रिया अगाडि बढेको उपमेयर यादव प्रसाद पाठकले जानकारी दिए । त्यसैगरी नगरपालिकामा नयाँ प्रशासकीय भवन निर्माणको लागि बहुबर्षीय योजनाको सुरुवात,फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन प्राङ्गारिक मल उत्पादन उद्योग सञ्चालनको तयारी गरिएको उमेयर पाठकले जानकारी दिए ।
रत्ननगर अस्पतालमा मातृशिशु अस्पतालको भवन निर्माण तथा झुवानीमा वाटर किङडम निर्माण भइरहेको छ । जेष्ठ नागरिक तथा सुत्केरी महिलाको लागि घरभेट कार्यक्रम अन्र्तगत १६ वटै वडामा ८० वर्ष माथिका जेष्ठ नागरिक र सुत्केरी महिलाको घरमै स्वास्थ्य जाँच तथा सुगर प्रेसर परीक्षण गर्ने कार्य सञ्चालन गरिएको उनले जानकारी दिए ।
शैक्षिक विज्ञहरुसँग पराशर्म गरी प्राविधिक धार तर्फ गुणस्तरीय शिक्षामा जोड दिदै १० वर्षे नगर शिक्षा योजनाको निर्माणको कार्य थालनी गरिएको उपमेयर पाठकले जानकारी दिए । नगरमा रहेका विद्यालयमा ८ कक्षा सम्म पठन पाठन गराउने गरी स्थानिय पाठ्यक्र निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताए ।