रत्ननगर । चितवनको कालिका नगरपालिका वडा नम्बर ३ मा क्षेत्रीय स्तरको कभर्डहल हस्तान्तरण गरिएको छ । वाग्मती प्रदेश सरकारले निर्माण गरेको सो कर्भडहल मन्त्री ढकाल र दाहालले वडाध्यक्ष बीरेन्द्र तामाङलाई एक समारोहका बीच हस्तान्तरण गरेका हुन् । सो कर्भडहलको बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाल र श्रम,रोजगार मन्त्री यातायतमन्त्री घनश्याम दाहलले सयुंक्त रुपमा शुभारम्भ गरेका थिए ।
सो अबसरमा मन्त्री ढकालले खेलकुदको माध्यमबाट पनि देशलाई समृद्धि ल्याउन सकिने बताए ।
प्रदेशले खेल प्रर्वद्धनको लागि हरेक वडामा कर्भडहलमा पूर्वाधार सहित बनाउने लक्ष्य सहित कर्भडहल बनाईएको बताए । खेलले स्वास्थ्य क्षेत्रमा मात्र नभई खेलाडीले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा आफ्नो क्ष्मता प्रर्दशन गर्न सकिने बताए । खेलाडीलाई खेल्ने वातावरण सिर्जना गर्नुपर्ने भन्दै व्यवसायिक खेलको लागि प्रशिक्षकको आवश्यक पर्ने उनको भनाई थियो र
अर्का मन्त्री दाहालले एक स्थानीय तह एक कर्भडहल योजना अनुुसार कालिकामा कर्भडहल निर्माण गरिएको बताए । आफ्नो कार्यकालमा यस्ता थुप्रै योजना बनाउन सफल भएको भन्दै उनले खेलको माध्यमबाट देशलाई चिनाउन मदत हुने उनको भनाई थियो ।
कार्यक्रमका सभापति एवं वडाध्यक्ष स्याङतानले २ बर्ष अघि निर्माण शुरु भएको यो कर्भड हालै मात्र सम्पन्न गरी वडालाई हस्तान्तरण गरिएको बताए । यो कर्भडहलको संंंरक्षणको दायित्व वडाको रहेकोभन्दै यसलाई आगामी दिनमा विस्तार गर्दै लैजाने बताए । सबैको साझा प्रयासले मात्र कर्भडहल निर्माण सम्पन्न भएको भन्दै आभार प्रकट गरे ।
कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष सन्तबीर स्याङतान,भिमोदय माविका प्रधानाध्यापक डा.हरिप्रसाद कंडेल,स्थानीय खेलप्रेम िदीपेन्द्र चौधरी लगायतले मन्तव्य राखेका थिए ।
प्रदेश सरकार अन्तर्गत रहेको सामाजिक विकास मन्त्रालयको १ करोड ३६ लाखको लगानीमा निर्माण सम्पन्न भएको सो कर्भडहल अब स्थानीय सरकारको मातहतमा सञ्चालन हुने छ । सार्वजनिक निर्माण कार्यान्वयन इकाइ धादिङले कर्भडहल निर्माण गरेको हो ।