चितवन । चितवनमा माईक्रो बस अनियन्त्रित भई पल्टदा चालक सहित १६ जना घाइते भएका छन् ।
आज बिहान ७ बजेर ४५ मिनेटमा भरतपुर महानगरपालिका–२९ जुगेडीमा बा ३ ख ४६५४ नम्बरको माइक्रो बस दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जुगेडी पुलमा माईक्रोबस अनियन्त्रित भई पल्टदा १६ जना घाइते भएको जानकारी दिनुभयो ।
घाइते मध्ये १३ जनाको चितवन मेडिकल कलेजमा र ३ जनाको उपचार पुरानो मेडिकल कलेजमा भइरहेको छ । उनीहरुको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु