चितवन ।नेपाली कांग्रेसले आसन्न संघ तथा प्रदेश निर्वाचनका लागि आकांक्षीहरुको नामावली संकलन गरेसंँगै जिल्लामा प्रत्यक्ष तथा समानुपातिकमा आवेदन दर्ता गर्नेको ओइरोनै लागेको छ । जिल्लामा तीनवटै क्षेत्रमा नेपाली कांँग्रेसका बहुसंख्यक नेताहरुले उम्मेदवारीको लागि आकांक्षा देखाएका हुन् ।
सोही अनुरुप चितवनमा प्रदेश २ ख तर्फ निष्ठाका धरोहर भरतपुर महानगरपालिका वडा नम्बर २ निवासी ऋषिराज पाण्डेले समानुपातिकमा आवेदन दर्ता गरेका छन । आवेदन दर्तापछि प्रतिक्रिया दिदैं पाण्डेले आफ्नो पांँच दशकभन्दा बढी राजनीतिक अनुभवलाई मुर्त रुप दिन आफूले आवेदन दिएको बताए ।
‘मेरोे विपी कोइराला देखि हालका शिर्षस्थ नेतासंँग उक्ति घुलमिल छु उनले भने, मैले मेरो राजनीतिक अनुभव र योगदान लाई सदुयोग गर्न पनि नाम दर्ता गरेको हुंँ । ’आफूले नेपाली कांँग्रेसको इतिहासमा पञ्चायतकाल देखिनै अनवरत लागेका कारण पार्टीले मुल्यांकन गनुपर्ने बताए ।
नेता पाण्डे विद्यार्थी कालदेखिनै विभिन्न तह तप्का हुंँदै कांँग्रेसको भरतपुर नगरसभापति, तीनपटकसम्म कांँग्रेस जिल्ला उपसभापति लगायत विभिन्न सामाजिक कार्यको अनुभव भएका पाका नेतामा गनिन्छन । उनी विपिका विश्वासिला र छत्रछायांँमा रहेर काम गरिसकेका नेताका रुपमा परिचित पनि छन ।
उक्त क्षेत्र नम्बर २ ख मा पाण्डेसहित समानुपातिक तर्फ २१ जनाले आवदेन दर्ता गरेका छन ।