चितवन । पछिल्लो केही दिनदेखि केराबारीमा दिनहुंँजसो पहिरो जान थालेको छ । आज बिहान २ बजेर ३५ मिनेटमा पनि भारी बर्षाका कारण पहिरो गएको थियो । पहिरो हटाएपछि नारायणगढ –मुग्लिन सडक ६ घण्टापछि सञ्चालनमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित केराबारीमा पहिरो गएपछि दुईतर्फी सडक अवरुद्ध भएको थियो । प्रहरी चौकी जुगेडीबाट गएको टोलीले पहिरो पन्छाएपछि बिहान ८ बजे ३५ मिनेटमा दुईतर्फी सञ्चालनमा आएको हो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु