चितवन । लिटिल फ्लवार स्कुलको अतिरिक्त क्रियाकलापको तीन बिधाको जिम्मेवारीमा ६ जना चयन भएका छन ।
स्कुलको माध्यमिक तहमा हरेक बर्ष नयांँ जिम्मेवारी तोकिने व्यवस्था भएसंँगै यसबर्षको लागि ६ जना नयांँ नेतृत्व निर्वाचित भएका हुन् । जसअनुसार उक्त तहको चेयर पर्सनमा दिपेन्द्र खड्का र सुनामी अधिकारी , स्पोर्टस एण्ड गेम्स विधाको क्याप्टेनमा प्रणयराज काफ्ले, र भाईस क्याप्टेनमा विकल्प थापा निर्वाचित भएका छन ।
यस्तै स्कुल सेक्रेटरी विधामा आशुतोष पोखरेल, र सुजल गुप्ता निर्वाचित भएका छन । माध्यमिक तहमा १२७ जना विद्यार्थीहरु मध्ये १०९ जनाले मतदान गरेका थिए । ६ जना पदको लागि १२ जनाको उम्मेदवारी परेको थियो । आज स्कुलमा भएको विद्युतीय मतदानबाट ६ जना चयन भएको स्कुल प्रशासनले जनाएको छ ।
स्कुलका प्राचार्य फादर रोवीले चितवनमै स्कुलको अतिरिक्त विधाका लागि गरिएको निर्वाचनमा पहिलो पटक विद्युतीय मतदान गरिएको जानकारी दिए । विद्युतीय मतदानबाट छिटो छरितो निर्वाचन हुने फादर रोवीको भनाई छ । विद्यार्थीहरुबाट अतिरिक्त क्रियाकलापका लागि जिम्मेवारी तोकिदा शिक्षाको सैदान्तिक तथा व्यवहारिक अभ्यासमा गुणस्तरीयता थपिने उनले बताए ।
नीजि विद्यालय मध्ये जिल्लामै उत्कृष्ट स्थान ओगट्न सफल यो स्कुलले केही समय अघि मात्र अमेरिकामा अन्र्तराष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएको थियो । स्कुलमा सबै तह गरी २ हजार ४सय विद्यार्थी अध्ययनरत छन ।