चितवन । भरतपुर महानगरपालिका र बेलायतको रस्मोर ब्रो काउन्सिलकाका प्रतिनिधि बीच भेटघाट भएको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, उप प्रमुख चित्रसेन र बेलायतको रस्मोर ब्रो काउन्सिलका डेपुटी लिडर मौरिस सियान बीच आज महानगरमा भेटघाट भएको हो ।
भेट्का क्रममा नेपाल र बेलायत बीच लामो र ऐतिहासिक सम्बन्धको बारेमा कुराकानी गरिएको थियो ।
भेटमा भरतपुर महानगर प्रमुख दाहालले सन १८१६ बाट नेपाली र बेलायत बिच सौहार्द पुर्ण र मैत्रीपूर्ण औपचारिक सम्बन्ध स्थापित भएको बारेमा जानकारी गराएकी थिइन् । दाहालले सन १९२३ मा नेपाली र बेलायत बीच मैत्री सन्धीले दुई देश बिचको सम्बन्धलाई थप प्रगाढ भएको बताईन । ै नेपालले सन २०१४ मा नेपाल बेलायत सम्बन्धको दुई सय बर्ष पुरा गरेको समेत प्रमुख दाहालले स्मरण गराईन ।
प्रमुख दाहालले सो क्रममा बेलायत नेपालको ठूलो बिकास साझेदार मध्ये एक रहेको जनाउदै शिक्षा, स्वास्थ्य, भुकम्प पछिको पुन निर्माण लगाएतका थुप्रै सामाजिक क्षेत्रमा बेलायतको सहयोग रहेको मौरिस सियानलाइ अवगत गराएकी थिइन ।
भेट्का क्रममा उप प्रमुखले महानगरको भौगोलिक अवस्था,विस्वकै दुर्लभ एक सिङगे गैडा पाइने चितवन राष्ट्रिय निकुञ्ज, नारायणी तथा राप्ती नदीको बारेमा जानकारी गराए । अधिकारीले भविस्यमा नेपाल र बेलायतका बिचमा अझ प्रगाढ सम्बन्ध स्थापित रहने बिश्वास समेत व्यक्त गरे । ुउनले भरतपुर महानगरले मित्र देशका शहरहरु सँग सिस्टर सिटिको सम्बन्ध स्थापित गरि सहकार्य भइ रहेको जानकारी दिए ।
भेटमा सियानले भरतपुर महानगरले जानकारी गराएका विषय बस्तुहरुमा आफू सकारात्मक रहेको र संँगै हातेमालो गरेर अगाडी बढ्ने बताए । उनले यो भेटघाट निकै महत्त्वपूर्ण र फलदायी हुनेमा पनि बिश्वास व्यक्त गरे । आगामी दिनमा बेलायत नेपालको बिकासको लागी सहयोग र सहकार्य गर्न पनि तयार रहेको बताए ।