चितवन । चितवनमा एक महिनामा सवारी दुर्घटनाबाट ९ को मृत्यु भएको छ भने ७७ जना घाईते भएका छन । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आव ०७९,८० को साउन महिनामा पूर्व पश्चिम लोकमार्ग १ जनाको मृत्यु, १७ जना घाईते, नारायणगढ मुग्लिन सडक खण्डमा ३ जनाको मृत्यु, १० जना घाईते , पृथ्वीराजमार्गमा १ जनाको मृत्यु २० जना घाईते,, शहरीखण्डमा १ जनाको मृत्यु तीन घाईते, अन्य भित्री सडकमा ३ जनाको मृत्यु २७ जना घाईते भएका हुन् । उत्त दुर्घटनामा ७७ वटा सवारी संलग्न थिए ।
कार्यालयका प्रमुख धर्म बहादुर अधिकारीले सवारीको संख्या बढेसंँगै दुर्घटनाबाट मानवीय क्षति र भौतिक क्षति कम हुन नसकेको बताउनु भयो । ‘गत असारमा पनि यही हाराहारीमा दुर्घटना भएको थियो अहिलेपनि उही अनुपातमा छ , उहांँले भन्नुभयो तर हामीले यसको न्यूनिकरणका लागि सचेतनाको कार्यक्रमलाई भने तीब्र पार्दै गएका छौं ।’ अन्य मौसममा भन्दा बढी बर्षामा सवारी दुर्घटना बढी हुने गरेको उहांँले बताउनु भयो । ‘सवारी दुर्घटना एउटै विषयले मात्र बढ्दैन उहांँले भन्नु भयो, सडकको अवस्था , सवारी चालकको लापरवाही, यान्त्रिक गढबढी इत्यादि ।’ ८० प्रतिशत भन्दा बढी मानवीय लापरवाहीका कारण दुर्घटना र क्षति हुने गरेको उहांँको भनाई छ ।