चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित बुद्धचोकमा सुविधासम्पनन बिउटी पार्लर तथा ट्रेनिङ्ग सेन्टर सञ्चालनमा आएको छ । ‘न्यू समु हर्वल बिउटी पार्लर तथा ट्रेनिङ्ग सेन्टर’को आज एक कार्यक्रमका बीच वडा अध्यक्ष राजेन्द्रमणी काफ्ले शुभारम्भ गरे ।
उद्धघाटन गर्दै अध्यक्ष काफ्लेले बुद्धचोकमा स्थापना भएको बिउटी पार्लरले महिलाहरुलाई आत्मनिर्भर बनाउन मदत गर्नुका साथै वडाको सौन्दर्यता थपिएको बताए । आगामी दिनमा महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउन वडाले प्रशिक्षण र तालिमका कार्यक्रम ल्याउने उनले बताए । शहरसंँगै मानिसको सोच पनि उत्तिकै सुन्दर हुनुपर्ने भन्दै उनले सबैजना उत्पादनमुखी हुनुपर्नेमा जोड दिए ।
सो अवसरमा बोल्दै वडा सदस्य अमृता गौतमले यस्ता व्यवसायले महिलाको शशक्तिकरणमा टेवा पुग्नुका साथै आत्मनिर्भर र सक्षम बनाउने बताईन । घरमा महिलाहरुले फूर्सदको समयलाई खेर फाल्नु भन्दा यस्ता सिर्जनात्मक काम र रचनात्मक काम गर्नुपर्नेमा जोड दिईन । जनस्वास्थ्य अधिकृत तथा माडी माईती संयोजक ईश्वरा तिवारीले पछिल्लो समय मेडिकल साइन्स पछि बिउटी साईन्सको महत्व र माग रहेको बताईन । मेडिकल साईन्सबाट समाधान नभएको समस्या बिउटी साईन्सबाट संभव र सफल भएको भन्दै उनले यो बिउटी पार्लर नमुना बिउटी पार्लरको रुपमा स्थापित हुने विश्वास लिईन ।
बिउटी पार्लरकी सञ्चालिका एवं सौन्दर्यकर्मी संगठनकी केन्द्रिय उपमहासचिव बालकुमारी रानाभाटले हरितालिका तिज संँगै चाडपर्वलाई लक्षित गर्दै पार्लरको सुभारम्भ गरिएको बताईन । झण्डै दुईदशक अघि देखिको आफ्नो सीप र अनुभवलाई प्रयोग गर्दै आफूले यो ठाउंँबाट सेवा दिन लागेको बताईन । स्थानीय सेवाग्राहीलाई लक्षित गर्दै बिउटी पार्लर, तालिम र सौन्दर्यका सामाग्रीहरु बिशेष छुटमा दिईने उनले बताईन ।
कार्यक्रममा रानाभाटकी अभिभावक अन्य सहपाटी लगायतले शुभकामना व्यक्त गरेका थिए ।
यो पार्लरमा आकर्षक इन्टेरियर डिजाईन र दक्षजनशक्ति बाट बिउटी पार्लर सम्बन्धी सम्पूर्ण सुविधा एकै ठाउंँमा बाट दिन लागिएको हो । यहांँ तीनजना दक्ष सौन्दर्यकर्मी सहित आरामदायी तथा शान्त वातावरणमा गुणस्तरीय सेवा सहित सञ्चालनमा ल्याईएको हो ।
कार्यक्रममा सौन्दर्यकर्मी संगठन केन्द्रिय सचिव अनिता आचार्य , वाग्मती प्रदेश अध्यक्ष एवं केन्द्रिय सदस्य सुष्मा तामाङ्ग, जिल्ला अध्यक्ष रिता गुरुङ्ग, नगर अध्यक्ष लक्ष्मी अमगाईं, लगायत युवाउद्यमी तथा सामाजिक अभियान्ता अमर श्रेष्ठ , कांँग्रेस कार्यकर्ता राजु थापा लगायतको सहभागिता रहेको थियो । पार्लर सञ्चालक रानाभाटको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सुष्मा तामाङ्गले सञ्चालन गरेकी हुन् ।