चितवन । चितवनका केही पालिकामा आज दिनभर विजुली अवरुद्ध हुने भएको छ । निेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले एक सूचना जारी गर्दै आज बिहान १० बजेदेखि २ बजेसम्म बिजुली नआउने भएको हो । सूचनामा भरतपुरको ६ लेन बाटोको मिलन चोकमा रहेको चनौली ३३ के भि को पोल बाटो बिस्तारका लागि सार्नु पर्ने भएकाले चनौली तथा पर्सा ३३ के भि लाइन सटडाउन हुने जनाईएको छ । जसले गर्दा ३३ र११ के।भि चनौली,पर्सा र माडी सब–स्टेशनबाट वितरित सम्पुर्ण लाइन अवरुद्ध हुने कार्यालयले जनाएको छ ।
साथै उक्त समयमा भरतपुर सब स्टेशनबाट वितरित ११ के भि औद्योगिक १ र भरतपुर २ फिडर पनि ४ घण्टा को लागि अवरुद्ध हुने सूचनामा उल्लेख गरिएको छ । समयमै काम सकिएको खण्डमा तोकिएको समय भन्दा अघि लाइन सुचारु हुने कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु