चितवन । चितवनमा मोटरसाइकल दुर्घटना हुंँदा पछाडि सवार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका वडा नम्बर २ पदमपुरका सागर पौडेल रहेका छन ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउसो १ बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ जुगेडी स्थित नारायणगढ मुग्लिङ सडक खण्डमा नारायणगढबाट मुग्लिङ तर्फ जादै गरेको लु१३प४८०४ नंम्बरको मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनाबाट गम्भिर घाईते पौडेलको उपचारको क्रममा १ बजेर ५० मिनेटमा नयांँ मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना के कसरी भयो े भन्ने सम्वन्धमा अनुसन्धान भईरहेको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु