चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २२ बाट नगद सहित जुवाडे पक्राउ परेका छन ।
वडाका विष्णुराज महत्तोको घरमा तास खेलिरहेको अवस्थामा ६ जना ४२ हजार पांँचसय सहित पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा वडा नम्बर १४ बस्ने सत्य नारायण महतो, घरबेटी बिष्णु राज महतो, भरतपुर १३ बस्ने साजन आले, भरतपुर २२ कै देवराम महतो, भरतपुर २१ बस्ने हिरा पौडेल र भरतपुर २२ बस्ने बिकास सापकोटा रहेका छन ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार महत्तोको घरमा पैसाको बाजी थापी तास खेलिरहेको भन्ने सुचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय, गितानगरबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ गरिएका माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु