चितवन । मेडिकल सिटीको रुपमा विकसित भरतपुरमा दुई ठूला मेडिकल कलेज, संघीय अस्पताल, क्यान्सर अस्पताल तथा नीजि दुईदर्जन अस्पताल र सयौं मेडिकल पसलहरु छन । देशकै केन्द्र विन्दु र स्वास्थ्य सेवाको सहज पहुंच र उपचार पद्धतिका कारण देशका २५ वटा जिल्लाका विरामीहरु उपचारका लागि चितवन आउंँछन । भरतपुर महानगरपालिका वडा नम्बर १० मा मात्रै दुईवटा मेडिकल कलेज, संघीय अस्पतालको रुपमा परिचित भरतपुर अस्पताल रहेका छन भने दर्जन भन्दा बढी अन्य अस्पतालले यहांँ उपचार र सेवा दिईरहेका छन ।
यहांँ दर्जनौ प्याथोलोजि, मेडिकल पसल पनि सञ्चालनमा छन । तर यी मध्ये केही मेडिकल पसलमा मात्र सेवाग्राहीको चाप बढेको पाईएको छ । ती मध्ये भरतपुरको मुटु चौबिसकोठी स्थित संघाई मेडिकल हलमा सेवाग्राहीको चाप उल्लेखनीय रुपमा बढेको पाईएको हो । यहांँ वरपर रहेका अस्पतालहरु , पुर्वपश्चिम राजमार्ग र सबै विरामीको सहज पहुंँच भएकोले यहांँ धेरै विरामी तथा सेवाग्राही आउने गरेका हुन् । दक्ष जनशक्ति, सबै कम्पनीका औषधी र छिटो छरितो सेवा भएकोले आफ्नो पसलमा चाप बढेको बताउंँछन पसलका सञ्चालक दिनेश पौडेल । ‘हाम्रो यो पसल सञ्चालनमा आएको ६ महिनापनि भएको छैन , पौडलले भने, यहांँ सोचेभन्दा बढी विरामी र सेवाग्राही आउनु भएको छ ।’
भरतपुरमा संख्यात्मक रुपमा धेरै औषधी पसलहरु भएपनि सबैमा सबै प्रकारका औषधीहरु पाईदैन र गुणस्तरीय सेवा पनि पाउन कठिन छ । अर्को कुरा अधिकांश मेडिकल पसलमा दक्ष फार्मासिष्ट पनि नहुने भएका कारण विरामी र सेवाग्राहीलाई बुझाउन पनि गाह्रो हुन्छ । आफूहरुमा दक्ष फार्मसिष्ट र यस बिषयमा आफ्नो अध्ययन र लामो अनुभव भएका कारण सफल हुन सकेको पौडेलको भनाई छ । ‘सेवाग्राहीको चाप बढ्नु र आकर्षण बढ्नुमा एकत सेवाग्राही हाम्रो सेवा प्रति पूर्णरुपममा सन्तुष्ट भएर हो , अर्कोकुरा सबै कम्पनी र चिकित्सकले लेखेका औषधी हाम्रोमा सहजै पाईन्छ ।’ आफुले बिहान ६ बजेदेखि राती १० बजेसम्म पसलबाटनै सेवा दिने र अन्य समयमा फोनबाट पनि सल्लाह दिने भएकोले सेवाग्राहीले आफ्नो सेवाप्रति रुचाएको उनले बताए ।
पसल सञ्चालनको लागि लगानी, अनुभव, कार्यदक्षता, धैर्यता सबै कुराको उत्तिकै महत्व हुने हुनाले संघाईमा यी सबै सेवा पाइने उनको भनाई छ । ‘कुनैपनि व्यवसाय सफल हुनुमा यी सबैकुरा चाहिन्छनै त्यो भन्दा बढी आत्मविश्वास र धैर्यता पनि चाहिन्छ । ’पौडेलले भने ।
आफू यो क्षेत्रमा एकदशकभन्दा बढी निरन्तर काम गर्दै आएको र सेवाग्राहीको मन जित्न सफल भएकोले सेवाग्राहीको चाप ह्वात्तै बढेको उनले बताए । यस पसलमा स्थानीय सबै अस्पताल, नियमित औषधी सेवा गर्ने सेवाग्राही, तथा विरामी र अन्य जिल्लाबाट पनि औषधी किन्न आउने गर्दछन ।
विरामी मात्र होइन यहांँ दिनभर औषधी बजार प्रतिनिधिको पनि उत्तिकै उपस्थिति हुन्छ । बजार प्रतिनिधिहरु आ आफ्नो कम्पनीको औषधी किन्न र प्रचार प्रसार गर्न संघाई मेडिकललाईनै सम्झिने गर्छन । ‘हामीकहांँ सेवाग्राहीको चाप त छदैछ बजार प्रतिनिधि पनि उत्तिकै आउनुहुन्छ ।’ पौडेलले भने ।
संघाईमा सेवाग्राहीको चाप बढेसंँगै सेवाग्राहीको आवश्यकता चाहना अनुसार औषधीका साथै सौन्दर्यका सामाग्री लगायत शारिरीक क्षमता तन्दुरुस्त राख्ने सामान तथा सेवा दिने गरेको उनले बताए । मेडिकल क्षेत्र मानव जीवन संँग प्रत्यक्ष सरोकार राख्ने र सम्वेदनशील पेशा , व्यवसाय भएकोले आगामी दिनमा यहांँ दक्ष चिकित्सकसहित क्लिनिक सेवा सञ्चालन गर्ने योजना रहेको पौडेलले बताए ।