चितवन । रत्ननगरमा खेल्नेक्रममा नहरमा खस्न गई एक ६ बर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १६ एकता टोलका विमल केसीको छोरी संस्कृति केसी रहेकी छिन ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुुसार आज बिहान करीब १० बजे उनी घर अगाडि खेल्ने क्रममा घर नजिकै रहेको सिचाईको नहरमा खस्न गई बगाएकोमा खोजतलास गर्ने क्रममा ३ किलोमिटर टाढा सेवाकेन्द्र टोल नजिकै अचेत अवस्थामा फेला पारिएको थियो । उनलाई तत्काल उपचारको लागि स्थानिय गुञ्जमानसिंह अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमको लागि भरतपुर सरकारी अस्पताल राखिएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु