चितवन । नेपाली कांँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी संघीय निर्वाचन पछि भन्ने सरकारको प्रधानमन्त्री बन्न आफु तयार भएको बताउनु भएको छ । आज नेपाल प्रेस युनियन चितवनले भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहांँले यस्तो बताउनु भएको हो । ‘अरु को को प्रधानमन्त्रीको आकांक्षी छन, छलफल हुनुपर्छ निर्णय हुनुपर्छ , उहांँले भन्नुभयो , म पनि प्रधानमन्त्री बन्न तयार छु ।’
आफ्नो टिकटको विषयमा कुनैपनि दुविधा नरहेको बताउंँदै सजिलै आफूले चुनाव जित्ने पौडेलले आशय व्यक्त गर्नुभयो ।
उहांँले अहिले कांँग्रेसलाई गठबन्धनको आवश्यकता भएरनै गठबन्धन गरेको बताउनु भयो
’अहिले कांँग्रेसले गठबन्धन नगरे अर्कोले गरिहाल्छ, उहांँले भन्नुभयो, यो राजनीति डरको पनि करको पनि हो ।’ अहिले गठबन्धन र छलफल भईरहेको वार्गेनिङ्ग भईरहेको बताउनु भयो ।
अहिलेनै सीटको विषयमा कुनै निर्णय भईनसकेको उहांँको भनाई छ । अहिले कुनै सिट सुनिश्चित भएको छैन, उहांँले भन्नुभयो,यो अहिले कांँग्रेस कांँग्रेस जिताउन अभियानमा लाग्ने हो । ’ उहाँले चितवन कांँग्रेसका असन्तुष्टी पक्षलाई समेट्दै जाने र चितवनमा पुन गठबन्धनको नाममा कांँग्रेसले बलिदान दिन नपर्ने समेत उहांँले बताउनु भयो ।