चितवन । चितवनमा श्रीमानले श्रीमतीलाई धारिलो हतियार( खुकुरी )प्रहार गरी श्रीमतीको हत्या भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १० का ४३ बर्षीय कृष्ण प्रसाद आचार्यले बर्ष ३४की श्रीमती रुष्मा आचार्यको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराती १० बजेर २५ मिनेट जांँदा आफ्नै घरमा घरायसी विवादका कारण तीनतला माथि रहेको बैठक कोठामा कृष्णले सुष्मालाई धारिलो हतियार प्रहार गरेका थिए । सुष्माको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा १० बजेर ४० मिनेटमा मृत्यु भएको हो ।
खकुरी प्रहार गरी भाग्ने क्रममा तीनतला माथिबाट श्रीमानको भाग्ने क्रममा तीनतलामाथिबाट हामफाल्दा गम्भिर घाईते भएका थिए । गम्भिर घाईते उनको उपचारको क्रममा गएराती ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु