चितवन । शैक्षिक परामर्श संस्था कंगारुले एजुकेशन फाउण्डेशनले शैक्षिक सेमिनार गर्ने भएको छ । युके, अष्ट्रेलिया, क्यानडा,युएसए, न्युजिल्याण्ड जाने विद्यार्थीलाई लक्षित गर्दै सिजी ल्याण्डमार्कको तेस्रो तल्ला स्थित कार्यालयमा सेमिनार गर्न लागेको हो । सेमिनारमा कलेजका प्रतिनिधिहरुसंँग विद्यार्थीले प्रत्यक्ष रुपमा परामर्श तथा जानकारी लिन सक्ने कंगारु, चितवन शाखाका निर्देशक बिशालबाबु चापागाईंले जानकारी दिए ।
चापागाईंका अनुसार भोलि बुधबार कलेजका प्रतिनिधि संँग प्रत्यक्षरुपमा परामर्श लिनसक्ने र डकुमेन्टस पुरा भएका विद्यार्थीहरुले स्पट एडमिसन गर्न सकिने उनले बताए । कलेजका
प्रतिनिधिसंँग विद्यार्थीले आफू पढ्ने कलेजको फि, जबको प्रकृति , त्यहांँको कानुन तथा संस्कृतिको बारेमा जानकारी लिन सक्नेछन । कंगारुको यसअघि लायन्सचोक शाखाबाट सेवा सञ्चालन हुंँदै आएकोमा नयांँ संरचनासहित अब सिजील्याडमार्कबाट सेवा शुरु गर्न लागिएको चापागाईंले बताए । बुधबार औपचारिक कार्यक्रम गरी यो शाखाको शुभारम्भ गरिंदैछ । कंगारुको देशभर १५ वटा कार्यालयबाट शैक्षिक परामर्श, डकुमेन्टेसन, भिषा प्रोसेसिङ्गका कामहरु हुंँदै आएको छ ।