चितवन । चितवन प्रहरीले भारी परिमाणसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोतीयारी स्थायी घर भई हाल भरतपुर महानगरपालका वडा नम्बर २ बस्ने तफिक उमर रहेका छन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज सांँभ, पांँच बजे अस्थायी प्रहरी बिट गणेशस्थान चितवनबाट खटिएको प्रहरी गस्ति टोलिले जिल्ला चितवन भरतपुर महानगरपालीका वडा नं. ११ गणेशस्थान स्थित सडकमा शंकास्पद रुपमा उभिईरहेका उनलाई चेकचांँच गर्दा उक्त परिमाणमा लागु औषध फेला परेको हो । उनको साथबाट नोफिन ५९ एम्पुल डाईजेपाम ४९ एम्पुल,फेनेरागन ८५ एम्पुल सहित उनलाई पक्राउ गरेको हो । उनलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु